साफ यू–२० च्याम्पियनसिप ः आज समूह विजेता बन्न नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

 

काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अनतर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् । 

समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ ।

उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ