सामसङ शोरूमदेखि एनआरएनए नेतृत्वसम्म सञ्जय ढकाल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

गैरआवासीय नेपाली संघ, थाइल्याण्डका संयोजकको नेतृत्वमा व्यवसाय र समुदाय दुबैमा अग्रसरता

बैंकक, थाइल्याण्ड — गोरखा जिल्लाको बारपाक सुलिकोटबाट सिधै सिङ्गापुर र त्यसपछि थाइल्याण्डको व्यावसायिक मैदानमा प्रवेश गरेका सञ्जय ढकाल अहिले थाइल्याण्डस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, थाइल्याण्डका संयोजक समेत हुन्। सफल उद्यमी, इन्टेरियर डिजाइनर र सामुदायिक नेतृत्वकर्ता ढकालको यात्रा प्रेरणादायी छ।

सिङ्गापुरमा ट्रेडिङ व्यवसाय गर्दै आएका ढकालको थाइल्याण्डतर्फ बारम्बारको यात्राले मन तान्यो। सन् २००३ मा उनले सिङ्गापुरको व्यापार समेटेर थाइल्याण्डमा स्थायी रूपमा बसोबास सुरु गरे। त्यसपछि एउटा सानो गार्मेन्ट कारखानाबाट यात्रा सुरु भयो, जहाँबाट लाहुरेको युनिफर्म उत्पादन गरी सिङ्गापुर र पछि लन्डनसम्म निर्यात गरिएको थियो।

पाँच वर्ष राम्रो चलेको गार्मेन्ट व्यापार २००९ तिर कमजोर हुँदै गएपछि उनले कारखाना एक नेपाली साथीलाई हस्तान्तरण गरे र बाल्यकालदेखिको रुचि अनुसार इन्टेरियर डिजाइनको काम सुरु गरे। यिनै अनुभवको आधारमा सन् २०१६ मा ढकाललाई वान आर एक्स (One RX) नामक कोरियन इन्टरनेसनल फ्रेन्चाइज कम्पनीमार्फत थाइल्याण्डमा सामसङ शोरूम निर्माणको अवसर प्राप्त भयो। टेन्डरमार्फत छानिएको उनको कम्पनीले ४०० वर्गफिटको पहिलो शोरूम अत्यन्त सफलतापूर्वक निर्माण गर्‍यो।

त्यस सफलताले प्रेरणा दिँदै ढकालले ६५० वर्गफिटको कारखाना स्थापना गरे। अहिले ९,५०० वर्गफिटमा फैलिएको कारखानामा करिब १०० जना कर्मचारी कार्यरत छन्। यस कारखानामा शोरूमका लागि काठ काट्ने, रङ लगाउने, सामान तयार गर्ने, प्याकिङ र डेलिभरी गर्ने छुट्टाछुट्टै विभाग छन्। कोरियन र थाई डिजाइनरहरूबाट डिजाइन तयार गरिन्छ भने ढकालको टोलीले त्यसको कार्यान्वयन गर्छ।

‘वान आर एक्स’ कम्पनी सामसङका आउटलेट निर्माणसँगै घर, बंगला र अपार्टमेन्टहरूमा इन्टेरियर फर्निसिङ, इलेक्ट्रिकल र प्लम्बिङ सेवा समेत प्रदान गर्दै आएको छ। “मैले हालसम्म यस कम्पनीमा ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छु,” ढकाल भन्छन्।

व्यवसायसँगै सञ्जय ढकाल थाइल्याण्डस्थित नेपाली समुदायको सेवा र नेतृत्वमा पनि सक्रिय छन्। हाल उनी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) थाइल्याण्डका संयोजकको रूपमा कार्यरत छन् र थाइल्याण्डमा रहेका नेपालीहरूको हित, एकता र सहयोग प्रवर्द्धनमा समेत अग्रसर छन्।

सञ्जय ढकालको कथा केवल सफल उद्यमीको होइन, एक जिम्मेवार नागरिक, प्रवासी नेपाली र समाजसेवीको प्रेरणादायी यात्रा पनि हो — जसले देखाउँछ कि विदेशमा पनि इच्छाशक्ति, लगनशीलता र दूरदर्शिता भए सफलता सम्भव छ।

सेयर: 22
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ