श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिनुभयो । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् ।

कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् । श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
25%
4 km/h
बुध
25 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ