काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी र संसद अवरोध लगायतका विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाउनु भएको छ ।
सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बलाउनु भएको हो ।
आगामी जेठ १ गते ३ः०० बजे सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संघीय संसदको दुबै सभाको संयुक्त बैठक बोलाइएको छ ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1