शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ ।

सुवेदी यसअघि महासङ्घको महासचिव हुनुहुन्थ्यो । यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो ।

महासङ्घको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो । विधानविपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले भाग लिएको थिएन ।

सहमति जुट्न नसकेपछि सङ्गठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासङ्घको नेतृत्व चयन गरिएको र सङ्गठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ