तितरवितर भएका आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । तीनकुनेबाट तितरवितर भएका राजावादीहरु विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन् ।

प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुनेबाट प्रदर्शन गर्दै जडिबुटी क्षेत्र पुगेका उनीहरुले कम्पनीमा आगो लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

त्यस्तै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । सिनामंगलमा रहेको पेट्रोल पम्प नजिकै आगलागी भएको हो । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । राजावादी समूहको प्रदर्शनकारीले  लगाएको हुनसक्ने आशंका गरिएको छ ।

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा प्रशासनले कफ्र्यु जारी गरिसकेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ