विमानस्थल व्यवस्थित भएन, पसलहरुको एकाधिकार भयो : ढकाल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका छन् ।

आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधिमैत्री पनि छैन् । आधुनिक पनि छैन् ।  यात्रुहरुलाई अपराधीहरुको रुपमा व्यवहार गरिन्छ । यात्रीहरुले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरुलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन ।’

उनले विमान स्थलमा सञ्चालन गरिएका पसलहरु अपारदर्शी भएको भन्दै एकाधिकार कायम गरिएको बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ