रियललाई हराउँदै आर्सनल सेमिफाइनलमा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समीकरण पूरा भएसँगै आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ ।  रियल म्याड्रिडसँग बुधबार २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको थियो । बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।

इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि दोस्रो लेगमा जित निकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग बुधवार २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो । पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ