विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ ।

मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।

नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् ।

मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध समेत गरेको छ । 

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
बुध
23 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ