काठमाडौं । अरुण चौधरीसहित तीन जनालाई २ दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश, अनुसन्धान नसके जमानीमा छोड्न काठमाडौँ — बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतल काठमाडौंले अनुमति दिएको छ । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो ।
उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो । दुई दिनका लागि म्याद थपिएको छ, दुई दिनमा नसकिए जमानीमा छोड्नू भन्ने छ, काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले भन्नुभयो ।

