सरकार थप जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ :सांसद बडू

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् रहेको बताए ।

जननिर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘गत २७ दिनदेखिको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् छ । जननिर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ । सरकार दमन गर्न तर्फ होईन् । सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस् ।’

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ