विपद् जोखिम न्यूनीकरणको लागि स्थानिय तहसँग सहकार्य गर्ने सरकारको तयारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले तातो हावाको लहर ‘लु’ बाट बच्ने उपायका सन्देश पाँच वटा भाषामा तयार गरिने बताएका छन् ।  

बुधवार सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रममा बोल्दै उनले ‘लु’ बाट बच्ने सन्देश मूलक सामाग्रीहरुलाई छिटै पाँच वटा भाषामा अनुवाद गरिने बताएका हुन् ।

उनले भने, ‘अहिले पानी परिरहे पनि केही दिन पछि तातो हावाको लहर ‘लु’ को कुरा आउछ, त्यो आउदै गर्दा हाम्रा केही सामाग्री संन्देशहरु छन् । हामी त्यसलाई पाँच वटा भाषामा अनुवाद गर्दैछौ । हामी छिटै सन्देश मूलक सामाग्रीहरुको लाइब्रेरी बनाउने र त्यसमा सबै सामाग्री हुनेछन् ।’

उनले अन्य विपद्बाट बच्ने सन्देश मूलक सामाग्री बनाइने जानकारी दिदै यस क्षेत्रमा स्थानीय तहले सहयोग गर्नुपर्ने पनि बताए । 

यस्तै, कार्यक्रममा सह सचिव ई. अजूर्न कुमार बमले हरेक संस्थाले आफ्नो कार्यक्षेत्र छुट्टाएर काम गर्नुपर्ने बताए । उनले  ‘लु’ लाग्ने समयमा संस्थाहरुले आफ्नो कार्यक्षेत्र तोकेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सूचना दिदा स्थानीय तहसँग सहकार्य गर्न सहज हुने पनि बताए । 

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ