सरकारले जनआकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छः सांसद यादव

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ: जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् भनी कामना पनि गर्नुभयो ।

सांसद यादवले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने थलो संसदको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाएर लैजानुपर्ने खाँचो औंल्याउनुभयो । अहिले नेता र नेतृत्वमाथि जनताको विश्वासको खडेरी भइरहेको भन्दै उहाँले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न अनुरोध गर्नुभयो ।

“सहयात्री फेरिएको छ । तर, प्रधानमन्त्री विश्वासको मत पाइरहनुभएको छ । यो बढो रोचक भइरहेको छ । अहिलेको परिस्थिति र जनताको आकांक्षालाई केन्द्रमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दछु”, सांसद यादवले भन्नुभयो । सांसद यादवले पार्टीकातर्फबाट विश्वासको मतमा समर्थन जनाउदै सहमति अनुरुप मधेसका मुद्दालाई प्राथमिकता दिन पनि प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
52%
2 km/h
सोम
20 °C
मंगल
21 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ