Ad imageAd image

वर्तमान गठबन्धनले मुलुकका समस्या समाधान गर्छः सांसद यादव

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले मुलुकलाई तीव्र आर्थिक विकासमा लैजान सत्ता साझेदार दलबाट पर्याप्त सहयोग नभएपछि सत्ता समीकरण बदल्नु परेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा भएका छलफलका विषयले गठबन्धनमा अविश्वास पैदा गरेको बताउनुभयो ।

“कांग्रेसका कारण गठबन्धनमा अविश्वास पैदा भयो, कोशी प्रकरण तथा महासमिति बैठकमा उठेका विषयले गठबन्धनप्रति अविश्वास बढेको हो”, सांसद यादवले भन्नुभयो, “सरकारमा रहेर पनि कांग्रेसले प्रभावकारी समन्वय र सहकार्य गर्न सकेन ।” उहाँले वर्तमान गठबन्धनले मुलुकमा देखापरेका समस्या समाधान गरेर जाने विश्वास व्यक्त गर्नुभयो । “अघिल्लो गठबन्धन अमिल्दो थियो, दुई पार्टीको वैचारिक धार मिल्दैनथ्यो ।

एउटा परिवर्तनकारी अर्को यथास्थितिवादी दल थियो”, सांसद यादवले भन्नुभयो, “अहिलेको गठबन्धन वैचारिक र अग्रगामी छ । मुलुकको राष्ट्रियता एकता, सुशासन र समृद्धि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा मधेसका मुद्दालाई सम्बोधन गर्न वर्तमान गठबन्धन हितकर छ ।” —

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
73%
5 km/h
बुध
20 °C
बिहि
22 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ