नयाँ मन्त्रीबाट सहकारीका समस्या समाधान होला ?

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गर्नुभयो । विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिनुभएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहनुभएको थियो ।

शिक्षण पेसा हुँदै राजनीतिमा लाग्नुभएका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थाल्नुभएको थियो । मन्त्री अधिकारी हाल एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्जसमेत हुनुहुन्छ । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडास्थित प्रकाश माविमा उहाँ १० वर्ष शिक्षण पेशामा आवद्ध हुनुभएको थियो ।

मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ