Ad imageAd image

मन्त्रि नयाँ एजेण्डा पुरानै !

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्नेगरी कार्यसम्पादन गर्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयोे, “मेरोतर्फबाट धेरै भनिरहनुपर्ने जरुरी ठान्दिन । तपाईंहरूसँग लामो अनुभव र विज्ञता छ । जुन ढङ्गले काम गरिरहनुभएको छ, यो भन्दा गतिदिने गरी काम गरौँ, खानेपानीको हाहाकार छ, जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ ।”

उक्त मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयको गतिविधिबारे मन्त्री राईलाई अवगत गराउनुभएको थियो । मन्त्री राईले पदबहालीपछि पहिलो निर्णयका रुपमा धेरै जनसङ्ख्या भएका सहरमा नदीबाट पाइपको सहायताले पानी तानेर वितरण गर्नका लागि सम्भाव्यता अध्ययनको लागि खानेपानी विभागले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सरोकारवालासँगको कार्यशाला गर्नेसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो ।

यसअघि मन्त्री राईलाई मन्त्रालयमा सचिव आचार्यसहितका कर्मचारीले स्वागत गर्नुभएको थियो । मन्त्री राई यसअघि छोटो समय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री बन्नुभएको थियो । विसंं २०३५ मा तत्कालीन नेकपा मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नवनियुक्त मन्त्री राई १४ वर्षको किशोर उमेरमै धनकुटास्थित गोकुण्डेश्वर माविमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभएको थियो ।

- Advertisement -
Ad imageAd image

उहाँले अखिलको धनकुटा जिल्ला कमिटी अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको जिल्ला अध्यक्ष, किसान महासङ्घको केन्द्रीय सदस्य र नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । विसं २०७८ मा एमालेको दशौँ महाधिवेशनबाट नवनियुक्त मन्त्री राई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५४ मा जिविस उपसभापतिको जम्मेवारी सम्हालिसक्नुभएका मन्त्री राईले स्नातकसम्म अध्ययन गर्नुभएको छ । पिता तेजबहादुर र माता मोतीमाया राईका कोखबाट २०२२ साल भदौ २९ गते धनकुटाको पाख्रिबासमा जन्मनुभएका उहाँ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित हुनहुन्थ्यो । विभिन्न राजनीतिक गतिविधिमा सरिक भएबापत करिब साढे दुई वर्ष जेल जीवन व्यतित गर्नुभएका नवनियुक्त मन्त्री राई आन्दोलका क्रममा पटकपटक प्रहरी हिरासतमा पर्नुभएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
19%
4 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ