फरक रुपमा सौगात र नाजिर, ‘अगस्त्य’को ट्रेलर सार्वजनिक

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक्सन दृश्यसहित सौगात मल्ल र नाजिर हुसेनको मित्रता देखाइएको छ।

सस्पेन्स—थ्रिलर फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्मलाई संजय लामाले छायांकन गरेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ।

फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ। यो फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
68%
5 km/h
बुध
18 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ