Ad imageAd image

भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा शुरु गर्ने

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा शुरु गर्ने घोषणा गरेको छ। संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिनु भएको छ ।

“म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु – यस किसिमको आकस्मिक सेवा यही राज्यबाट शुरु हुनेछ र त्यसका लागि हेलिकप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,” मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गर्नुभयो ।

सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ ।

यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ । यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उहाँले उल्लेख गर्नु भएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
30°C
Kathmandu
few clouds
30° _ 30°
28%
7 km/h
मंगल
30 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ