पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आज यहाँ आयोजित दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहनुभएका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ ।

अहिलेको मुख्य कार्यभार त्यही हो ।” एमालेको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल अभियान साकार हुने बताउँदै मुख्यमन्त्री अधिकारीले सोही दिशातर्फ अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । वर्तमान सरकार समृद्ध गण्डकी प्रदेश निर्माणमा सक्रिय रहेको बताउँदै उहाँले सरकारले जनमुखी काम गर्ने चर्चा गर्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
46%
4 km/h
शनि
24 °C
आइत
26 °C
सोम
26 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ