उच्च रक्तचापबाट बच्न ः दैनिक ब्यायाम आवश्यक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गईरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ ।

उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो । यसमा सबैको ध्यान जान जरुरी छ । उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् । औषधीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठीक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ ।

उच्च रक्तचापबाट बच्नको लागि धुम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक ब्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ