आजको मौसम ः देशका विभिन्न भागमा वर्षाको सम्भावना

प्रज्वला खड्का
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि महाशाखाकाले जनाएको छ ।

कोशी, मधेश, बागमती, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने सम्भावना छ ।

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ