बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, २२ जेठ: चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो ।

नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बतानुभयो । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको उक्त कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलव्ध सुविधाबारे जानकारी दिनुभएको थियो । नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भाव्यतालाई केन्द्रमा राखेर ‘नेपाल गन्तव्य’ शीर्षकमा प्रस्तुति दिँदै नेपाल र चीनका पर्यटन व्यवसायीबीच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको थियो । चाइना एसोसिएसन इन ट्राभल सर्भिसका प्रतिनिधिसहित दुई सयभन्दा बढी नेपाली र चिनियाँ पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
55%
2 km/h
आइत
16 °C
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ