काठमाडौं । प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार राष्ट्र बैङ्कको निर्देशन विपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने स्थायी घर काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. ५ भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका वडा नम्बर ४ भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरिएको छ । उनीहरूलाई काठमाडौँको महाबौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ को १२ औँ शृङ्खलामा फागुपूर्णिमा विशेष प्रवचन सम्पन्न
बैंकक, थाइल्याण्ड । प्रवासी नेपालीहरूको साझा साहित्यिक र सांस्कृतिक मञ्च 'साहित्य मन थाइल्याण्ड' ले आफ्नो…
