Ad imageAd image

औषधी उत्पादनको काम तत्काल सुरु गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।

आइतबार दिउँसो नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गतिरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो। बिचमा “अपडाउन” भएको मैले बुझेँ। औषधी उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईँहरूले काम सुरु गर्नुस्। सरकारका तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु।” प्रधानमन्त्रीले अहिले २० वटा औषधी उत्पादनबाट काम सुरु गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्ने बताउनुभयो।

- Advertisement -
Ad imageAd image

उहाँले भन्नुभयो, “देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो। सबै कुरा एकैपटक नहोला। तपाईँहरू काम सुरु गर्नुस्। म पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु। यस क्षेत्रमा देखिने गरी काम गरौँ।”

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधी उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधी उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो।

न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत् दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताउनुभयो।  

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
moderate rain
24° _ 24°
88%
4 km/h
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ