हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार राष्ट्र बैङ्कको निर्देशन विपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने स्थायी घर काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. ५ भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका वडा नम्बर ४ भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरिएको छ । उनीहरूलाई काठमाडौँको महाबौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ