‘विश्वविद्यालय सुधार गर्न छाता ऐन ल्याउनुपर्ने’

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए ।

बहसमा सहभागी हुनुभएका सांसद विद्या भट्टराईले राजनीतिक कारणले विश्वविद्याल नबिग्रेको उल्लेख गर्दै छाता ऐन ल्याउन सके विश्वविद्यालय सुध्रने बताउनुभयो । “विश्वविद्यालय नसुध्रिनुको कारण राजनीतिक हो भन्ने कुरा गलत भाष्य निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालय सुर्धान सोच बदल्नुपर्दछ ।

समग्र छाता ऐन ल्याएर विश्वविद्यालय सुधार गर्न सकिन्छ ।” गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू गर्न सके सुधार गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनभयो । शिक्षाविद् डा अनिमा सिंहले विश्वविद्यालयलाई जीवनोपयोगी शिक्षाको थलो बनाउनुपर्ने बताउनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ