जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो ।

बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ । गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पलगत्तै बेलायत सरकारले रु आठ करोड ४० प्रदान गरेको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ