एमालेको ‘युथ सेलिब्रेशन’: ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका हुन् ।

यस्तै, उनले लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले  एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने पनि बताए ।

उनले भने, ‘लोकतन्त्र प्राप्तीको, नेपाली जनताले विजयी गरेको दिनलाई ऐतिहासिक क्षणलाई नेपाली युवाहरुले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवहरुको पनि महा उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ र एमालेभित्र रहेका ४० वर्षमुनिका युवाहरु यो उत्सवमा सहभागी हुन आएका छौं । तयारी अन्तिम चरणमा पुगिसकेको छ । भोलि एमालेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई स्वागत गर्न, उत्सवमा सहभागि गराउन र लोकतन्त्र मनाउनको लागि तयारी पूरा भएको छ ।’

यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ ।

उनले भने, ‘अब यो देश निर्माण गर्ने हामी युवाको पालो हो र अब दशे बनाउछौ भन्ने संकल्पका साथ अगाडि बढ्ने घोषणाका साथ यो सेलिब्रेशन गर्दै छौ । हामी सबै युवाहरुको आवाज लोकतन्त्र जिन्दावाद । यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र छ ।’

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ