करेन्ट लागेर श्रीमतीको मृत्यु ,श्रीमान् घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

चुँडिएर भुईँमा लत्रिएको ईन्टरनेटको तार उठाउन खोज्दा सुरुमा श्रीमान् ३४ वर्षीय रामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमानलाई करेन्ट लागेपछि हतारहतार तार छुटाउन खोज्दा श्रीमती कुसुमदेवीलाई समेत करेन्ट लागेको स्थानीयले बताएका छन् ।

दुवै जनालाई तत्कालै उद्धार गरी श्रीमान् रामलाई अमृत हेल्थ केयर बयलवास र श्रीमती कुसुमदेवीलाई सिद्धि विनायक अस्पताल बर्दिबास पुर्‍याइएको थियो ।

कुसुमदेवीलाई बर्दिबास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रीमान् रामको भने बयलवासमा उपचार जारी छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
light rain
14° _ 14°
66%
2 km/h
मंगल
24 °C
बुध
23 °C
बिहि
20 °C
शुक्र
23 °C
शनि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ