काठमाडौं– विश्व बैंकले दिएको ऋण रकमबाट सरकारी अस्पतालका लागि टेन्डर आव्हन भएको करिब २१ करोडको स्वास्थ्य सामाग्री सेटिङ गरेर दोब्बर रकममा खरिद गर्न लागेको खुलेको छ । एमाले निकट भनेर चिनिएका मेडिकल सप्लायर सुन्दर भुसालको कम्पनीलाई सेटिङ मिलाएर मेमोग्राफी मेशिन र ल्याबको सामाग्रीको ठेक्का दिने तयारी भएको हो । जबकी बिरामीको चाप हुने अस्पतालमा उक्त ल्याबको सामाग्री आपुर्तिकर्ताहरु निःशुल्क दिन हानाथाप गर्छन् ।
जति विवादमा तानिएपनि र जति उजुरी परेपनि स्वास्थ्य क्षेत्रको ठेक्कामा सुन्दर भुषालको दबदबा हटेको छैन । भुसालको कम्पनी म्याग्सिम इन कर्पोरेसनले मन्त्रीदेखि कर्मचारीसम्मलाई सेटिङ मिलाएर महंगो दरमा स्वास्थ्य क्षेत्रको सरकारी ठेक्का हत्याउने क्रम रोकिएको छैन ।
दुइ वर्षअघि वीर अस्पतालमा डा. जागेश्वर गौतम प्रमुख हुँदा उनका व्यवसायिक पार्टनर समेत रहेका भुसालकै कम्पनी म्याग्मिसले १२ करोड ४३ लाखको हाई इन्ड क्रिटिकल केयर भेन्टिलेटरको ठेक्का पाएपछि विवादमा तानिएका थिए । त्यतिबेला ठेक्का प्रक्रियामा नै सेटिङ भएको प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको थियो । तर, त्यसपछि पनि स्वास्थ्य क्षेत्रमा भुसालको प्रभाव घटेको छैन । हालै मात्र स्वास्थ्य सेवा विभागले भुसालकै कम्पनीलाई ठेक्का दिनेगरी प्राविधिक स्पेसिफिकेसन नै लक्ड गरेर २१ करोड २० लाखको टेन्डर खुलाएको पाइएको छ । १२ करोडमा खरिद गर्ने गरी मेमोग्राफी र ९ करोड २० लाखमा खरिद गर्ने गरी हेमोटोलोजी एनलाइजरको ठेक्का आव्हान गरिएको पाइएको हो ।
कोभिडकालमा विश्व बैंकले दिएको पाँच अर्बमध्येको ऋणबाट खरिद गर्न लागिएको यि सामाग्री म्याग्सिमले पनि अन्य कम्पनीसँग मिलेर खरिद गर्न लागेको बुझिएको छ । तर, खुला प्रतिष्पर्धा हुन नसक्ने गरी म्याग्सिमले बुझाएको स्पेसिफिकेसनकै आधारमा ‘स्पेक लक’ गरेर टेन्डर आव्हान गरिएकाले यि दुइ सामाग्रीको ठेक्का म्याग्सिमले पाउने निश्चित छ । हेमोटोलोजी एनलाइजर अन्र्तगत थ्रि पार्ट ५० वटा, फाइभ पार्ट भएको २० वटा र एबिजी मेशिन १५ वटा खरिद गर्ने तयारी छ । एबिजी मेसिन इडानको कम्पनीको स्पेसिफिकेसन लक्ड भएको छ । भुसालले भुपेन्द्र श्रेष्ठ संचालक रहेको टेक्नो बायोमेडसँग यो सामाग्री खरिद गरेर विभागलाई बेच्ने तयारी गरेको श्रोतको दाबी छ । आपुर्तिकर्ताका अनुसारको यो हेमोटोलोजी एनलाइजरको बजार मुल्य ४ करोड हो तर कमिसनको चलखेलका कारण चार करोड बढी रकममा विभागले खरिद गर्ने तयारी गरेको छ । मंगलबार यसको प्रिबिडिङ समेत भइसकेको छ । त्यस्तै विभागले खरिद गर्न लागेको पाँच सेट मेमोग्राफी मेसिनलाई बजारमा करिब ७ करोडमात्रै पर्छ तर विभागले १२ करोडमा खरिद गर्ने तयारी गरेको छ । यसको पनि आइतबार प्रिबिडिङ भइसकेको छ । प्रिबिडिङ अन्य कम्पनीले स्पेसिफिकेसन लक्ड भएको भन्दै परिवर्तन गर्न उजुरी समेत दिइसकेका छन् । तर, विभाग प्राविधिक मूल्यांकनमा भुसालकै कम्पनीलाई मात्रै पास गराएको महंगोमा यो सामाग्री खरिद गर्ने तयारीमा छ । स्पेसिफिकेसन परिवर्तन गरेर सबैले प्रतिष्पर्धा गर्न मिल्ने बनाउने पक्षमा विभाग छैन । जबकी फागुन महिनामा मेयर बालेन शाहको एक्सनका कारण काठमाडौं महानगरले खरिद गर्न लागेको एक्स रे विथ डिआर मेशिनमा स्पेक लक भएको उजुरी परेपछि तत्काल परिवर्तन भएको थियो ।
यद्यपी विभागका व्यवस्थापन महाशाखाका निर्देशक विभागले खरिद गर्न लागेको सामाग्री प्रक्रियाअनुसार नै खरिद भइरहेको बताउँछन्् । यद्यपी उजुरीबारे गम्भिर भएर छानविन गर्ने बताउँछन् । हेमटोलोजी एनलाइजर अस्पतालको ल्याबमा प्रयोग हुने सामाग्री हो । बिरामीको चाप हुने अस्पतालहरुमा यो सामाग्री आपुर्तिकर्ताहरु निःशुल्क दिनलाई हानाथाप गर्छन् । किनभने ल्याबमा आफ्नो कम्पनीको सामान राख्न पाए पाँच वर्षसम्म यसको मर्मतसम्भार आफै गर्न पाउँछन्, जसको मूल्य खरिदभन्दा बढी हुन्छ । विभागले टेन्डर आव्हान गर्दा रि–एजेन्ट मूल्य नतोक्नुले समेत सेटिङको गन्ध प्रष्टै बुझ्न सकिने स्वास्थ्य क्षेत्रमा विज्ञहरु बताउँछन् ।
हेमटोलोजी एनलाइजर अस्पतालको ल्याबमा प्रयोग हुने सामाग्री हो । बिरामीको चाप हुने अस्पतालहरुमा यो सामाग्री आपुर्तिकर्ताहरु निःशुल्क दिनलाई हानाथाप गर्छन् । किनभने ल्याबमा आफ्नो कम्पनीको सामान राख्न पाए पाँच वर्षसम्म यसको मर्मतसम्भार आफै गर्न पाउँछन्, जसको मूल्य खरिदभन्दा बढी हुन्छ । विभागले टेन्डर आव्हान गर्दा रि–एजेन्ट मूल्य नतोक्नुले समेत सेटिङको गन्ध प्रष्टै बुझ्न सकिने स्वास्थ्य क्षेत्रमा विज्ञहरु बताउँछन् ।