आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण गर्न आब्हान गरेका छन् ।

चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानमा लाग्न सबैलाई आब्हान गरेका हुन् ।

‘यतिबेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानका लागि महत्त्वपूर्ण समय हो । यसका लागि  जनताको बहादुरीलाई आफ्नो नमूना बनाउनुपर्छ । एकीकृतरूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्छ,’ उनले भने ।

उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औंल्याए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ