Ad imageAd image

सर्वोच्च अदालतद्वारा ‘सिधा कुरा’ ले अदालतको मानहानि गरेको ठहर, तीन जनालाई कैद सजाय

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सर्वोच्च अदालतले ‘सिधा कुरा’ अनलाइनले प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गर्दै तीन जनालाई कैद सजाय सुनाएको छ। सर्वोच्चको वृहत्पूर्ण इजलासले आइतबार दिएको फैसलामा अडियो रेकर्डका अभियुक्त राजकुमार तिमल्सिनालाई ६ महिना र ‘सिधा कुरा’ का सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३ महिना कैद सजाय सुनाएको हो।

कँडेल र ढुंगानाले अदालतसमक्ष लिखित रूपमा माफी मागे सात दिनमात्रै कैद भोग्नुपर्ने सर्वोच्चले निर्णय गरेको छ। साथै, ‘सिधा कुरा’ अनलाइनलाई पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ, तर अनलाइनले माफी मागे जरिवाना माफ हुने व्यवस्था गरिएको छ।

विवादित सामग्री ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा वैशाख १४ मा सिधा कुरा अनलाइन र युट्युब च्यानलमा अपलोड गरी प्रसारण गरिएको थियो।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले यस सामग्रीले न्यायपालिकालाई बदनाम गराउने भन्दै अदालतको अवहेलना भएको दाबी गर्दै निवेदन दर्ता गरेका थिए। सर्वोच्चले यस सामग्रीलाई २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो, जसलाई सिधा कुराले आदेश आउनु अघि नै हटाइसकेको थियो।

- Advertisement -
Ad imageAd image

सर्वोच्चले घटनाको विस्तृत अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन भएको प्रमाणित भए कानुनबमोजिम कारबाही अगाडि बढाउन प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो। संविधानको धारा १७ र १९ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको अधिकार प्रत्याभूत गरे पनि सार्वजनिक शिष्टाचार, नैतिकता र अदालतको अवहेलना नगर्ने सर्तमा मात्र सञ्चारको हक प्रयोग गर्नुपर्ने अदालतले व्याख्या गरेको छ।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
77%
1 km/h
शुक्र
23 °C
शनि
24 °C
आइत
23 °C
सोम
27 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ