प्रदेश अस्पताललाई गुणस्तरीय बनाउनुपर्नेमा जाेड

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवालाई गुणस्तरीय र भरोसायोग्य बनाउनुपर्ने बताउनुभएको छ ।

आज प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गर्नुहुँदै उहाँले अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिनेमा उहाँले जोड दिनुभयो ।

अहिले प्रदेश अस्पतालमा कर्णालीका मात्र नभई बाहिर अन्य प्रदेशबाट पनि सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जानकारी आएको भन्दै मन्त्री शाहीले सेवालाई अझ प्रभावकारी र भरोसायोग्य बनाउन अस्पताल प्रशासन र कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

अस्पताल सबैको साझा थलो भएकाले आलोचना हुने गरे पनि ती आलोचनालाई सुझावका रुपमा लिएर सुधार गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री शाहीले अस्पतालका विभिन्न कक्ष तथा शाखाको निरीक्षण गर्नुभयो । लामो समयदेखि अवरुद्ध भएको सिटी स्क्यान सेवा पुनः सञ्चालन गर्ने सम्बन्धमा आफू सकरात्मक उहाँको भनाइ छ ।

प्रदेश अस्पतालको सेवा प्रवाहलाई उपलब्धीमूलक बनाउनका लागि आफू सधैँ प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “केही वर्ष पहिला कर्णालीका बिरामी बाहिर उपचार गर्न जान्थे भने अहिले कर्णालीमा उपचारका लागि आउने खबर सुन्दा खुसी लागेको छ”, मन्त्री शाहीले प्रतिक्रिया दिनुभयो । प्रदेशका १० जिल्लाको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको वृद्धि विकास र सेवाका लागि प्रदेश सरकार सदैव सहकार्य गर्न तयार रहने उहाँले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
94%
1 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ