काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिदै

प्रतिक्रिया
ट्रेन्डिङ
उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न
बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार…
बैंककको नेपाली विद्यालयमा बालबालिकामाथि कुटपिट र आर्थिक अनियमितताको खुलासा
बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा…
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
कम्बोडिया उद्धार प्रकरण: ‘उद्धार होइन सहजीकरण मात्र’ भन्दै एनआरएनए पन्छियो, टिकटमा तेब्बर असुलीबारे अस्वाभाविक तर्क
बैंकक, थाइल्याण्ड । कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार प्रक्रियामा भएको आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको…
