काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिदै

प्रतिक्रिया
ट्रेन्डिङ
अष्ट्रेलियामा ‘बाटूलो जून’को लफडा : चलचित्र निर्मातामा नैतिकता देखिएन— हिमारू
सिड्नी, अष्ट्रेलिया- नेपाली चलचित्र ‘बाटूलो जून’ रिलिजको पूर्वसन्ध्यामा गम्भीर विवादमा फसेको छ। अष्ट्रेलिया तथा न्युजिल्याण्डका…
विश्व नेपाली साहित्य महासङ्घ, म्यान्मा–थाई समन्वय शाखामा नयाँ नेतृत्व चयन : अध्यक्षमा ओमप्रकाश न्यौपाने र महासचिवमा दीपा राणा
बैंकक, थाइल्याण्ड- विश्वका विभिन्न कुनामा पुगेका नेपालीहरूले आफ्नो भाषा, साहित्य, संस्कार तथा संस्कृतिको जगेर्ना र…
थाइल्यान्डमा आज ह्यालोवीनको रौनक: बैंककमा डरलाग्दो र रमाइलो माहोल कहाँ-कहाँ छ?
बैंकक — आज अक्टोबर ३१ शनिबार, विश्वभर झैँ थाइल्यान्डको राजधानी बैंककमा पनि ‘ह्यालोवीन’ (Halloween) को…

