Ad imageAd image

रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । 

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो । दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताउनुभयो । 

“यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैलाई कष्टकरण जीवन भोग्नुपरेको छ”, उहाँले भन्नुभयो, “यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।” बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरुको पीडाको बारेमा बोध हुने उहाँले बताउनुभयो । 

“आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धूलो बाटोमा सवारीसाधन चलाएका छन्, धूलाम्ये भएका छन्, हिलाम्मे भएका छन्” उहाँले भन्नुभयो, “तर, हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।” दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्वबारे सबै सामु ल्याउन जरुरी रहेको उहाँले बताउनुभयो । 

- Advertisement -
Ad imageAd image

समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रुपमा दबाब यात्रालाई लिएको उहाँले बताउनुभयो । उहाँले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गर्नुभयो । “म यात्रामा निस्केको समयमा स्थानीयका कुराहरु सुन्न सक्दिनँ, छलफल गर्न सक्दिन”, उहाँले भन्नुभयो, “तर, मेरो टिम छ उहाँहरुले स्थानीयका गुनासो सुन्ने र छलफल गर्ने काम गर्नुहुन्छ, उहाँहरुले सबै कुरा मलाई पछि बताउनुहुन्छ ।” जनताको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उहाँले बताउनुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
शनि
19 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ