सन्दीप विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि फैसला बहस सुरु भएको थियो । सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी रहेको छ । बुधबार पनि सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सन्दीप पक्षको बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि जिल्ला अदालतका न्यायाधीश ढकालले फैसला सुनाउनुहुनेछ । 

सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। सन्दीपमाथि २०७९ भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ