काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।अधिवक्ता दीपकराज जोशी लगायत चार जनाले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी सहित रिट निवेदन दर्ता गर्नुभएको हो । नियुक्तिको करिव चार वर्षपछि गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाइ रिट निवेदन दर्ता भएको हो । रिट निवेदकले उनको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।
धरानका सामुदायिक विद्यालयमा नियमित निःशुल्क दन्त शिविर सञ्चालन गर्ने ओम साई डेन्टलको योजना
धरान । ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि.ले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा धरानका सामुदायिक विद्यालयहरूमा नियमित रूपमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको…


