एजेन्सी । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो आक्रमणमा सबै प्रकारका हतियार प्रयोग गरेको दाबी गरेका छन् । त्यहाँको वायु सेनाले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रहार भएको कहिल्यै नदेखेको बताएको छ । वायु सेनाका प्रवक्ताका अनुसार रुसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरेको छ, जसमा एक्स-२२ प्रकारका क्षेप्यास्त्र पनि प्रयोग भएको छ । शुक्रबारको आक्रमणको प्रतिरक्षा गर्न नसके पनि १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालेका वायु सेनाले दाबी गरेको छ ।
रुसलेद्धारा युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण

प्रतिक्रिया
ट्रेन्डिङ
कविता: वैँशालु सन्ध्या
सन्ध्यामा गुलाबी रङ्ग चढेको छ यतिबेला ,बैँसालु लाग्दैछिन् सन्ध्या।र सम्हालि रहेछ क्षितिजलेउनको पोखिएको बैँस ...…
आरोग्य पर्यटनको विश्व मानचित्रमा नेपाल : संभावित गन्तव्यहरु
काठमाडौं । नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आफ्नो नीति तथा कार्यक्रममा…
अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन…
कविता: आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन्
तानाशाह विचार सँग डराउँछ र बन्ध्याकरण चाहन्छ उदीयमान सोचहरूमा ! तानाशाह चेतना सँग पनि डराउँछ…

