मुख्यसचिव र मुख्य रजिष्ट्रारको कार्यकाल दुई वर्ष राख्ने सहमति

नवीन्द्र के.सी
नवीन्द्र के.सी
अध्यक्ष/सम्पादक

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल सरकारका मुख्यसचिव र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारको कार्यकाल दुई वर्षको हुने व्यवस्था नै स्वीकार गरेको छ ।
संघीय निजामती विधेयकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारी सचिवको पदावधि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्थाअनुसार कायम गर्ने सहमति विधायन व्यवस्थापन समितिमा जुटेको हो ।
समितिको बिहीबारको बैठकमा प्रतिनिधिसभाले पारित गरेको राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरू मुख्यसचिव र मुख्य रजिष्ट्रारको पदावधि दुई वर्ष र विशिष्ट श्रेणीको पदावधि चार वर्ष कायम गर्ने सहमति जुटेको हो ।
समितिका सदस्य अन्जान शाक्यले निजामती क्षेत्रमा रहेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले निजामती ऐन बनाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरूका लागि ७ वर्ष र सातौं र आठौं तहको अधिकृत लेबलहरुमा पाँच वर्ष पुग्छ भन्ने हाम्रो ठम्याई छ । पाँच वर्ष गर्दाखेरि अघिल्लो व्यवस्था अनुसार नै त्यसलाई कायम गर्नुपर्छ भन्ने हो । किनभने युवाहरुमा अलिकति निरासा कम उत्पन्न हुन्छ । निजामती सेवामा अलिकति निरासा भएर उनीहरु विदेशिन सक्छन् । दक्ष युवाहरुलाई हामीले एउटा ठाउँ दिनुपर्छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा संघीय सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदावधि तीन वर्ष र सचिवको पदावधि पाँच वर्ष प्रस्ताव गरेको थियो ।
अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा मुख्यसचिव र मुख्य रजिष्ट्रारको पदावधि तीन वर्ष र सचिवको पदावधि पाँच वर्ष रहेको छ ।
००००

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
अध्यक्ष/सम्पादक  nabindra@thailandnepal.com  Web

अध्यक्ष/सम्पादक

मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
अध्यक्ष/सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ