तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसीको टिमलाई बहमुत प्राप्त

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसीको टिमले बहमुत प्राप्त गरेको छ । नेपाली काँग्रेसको सिफारिसमा उम्मेदवार बनेका बिनिलसहित टिमका ६ पदाधिकारी र ७ सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन भएको १७ सदस्य कार्यसमितिमा बिनिल टिमका १३ जना निर्वाचित भएका हुन । नेपाली काँग्रेसका उम्मेदवार बिनिल केसीले १५५० मत प्राप्त गर्नु भयो । गठबन्धनका उम्मेदवार ललितजंग शाहले १३४० मत प्राप्त गर्नु भएको थियो ।

केसीले शाहलाई २१० मतान्तरले पराजित गर्नु भएको हो।नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता रहेको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिनुभयो ।

त्यस्तै खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी निर्वाचित हुनु भएको छ । केसीले १५२० मत प्राप्त गर्नु भयो । केसीका प्रष्पिर्धी गठबन्धनका डिल्लीबहादुर वलीले १२११ मत प्राप्त गर्नु भयो । संघको महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी निर्वाचित हुनुभएको छ ।

केसीले १५३० मत प्राप्त गर्नु भयो। उहाँ प्रतिष्पर्धी गठबन्धनका नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गर्नु भयो । कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा निर्वाचित हुनु भएको छ । शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका गर्नु भयो।

सचिवमा पनि काँग्रेसका नबिन राई निर्वाचित भएका हुनु भएको छ । राईले ९६९ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो। सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारी निर्वाचित हुनु भएको छ ।

निर्वाचन परिनाम अनुसार सदस्य तर्फ काँग्रेसका कोमल डिसी, तिर्थबहादुर डाँगी, माधव बस्नेत, सैलेन्द्रकुमार बुढाथोकी र सुवाश अधिकारी बिजयी हुनुभएको छ ।

बिनिल केसी नेतृत्वको काँग्रेस प्यानलका चार जना निर्वाचित यस अघि नै निर्वाचित भएको थिए । उद्योग उपाध्यक्षका उम्मेदवार हेमेन्द्र खड्काले ११४३ र बाणिज्य उपाध्यक्ष खुसलराम शर्मा ११८७ मत प्राप्त गरेपनि निर्वाचित हुनु भएको छ । त्यस्तै महिला सदस्यहरु मध्य निलम बस्नेत ११०५ र कल्पना बिष्टले १२१४ मत प्राप्त गरेपनि निर्वाचित हुन भएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ