बुद्ध एयरको एटीआर  : जसले अठार लाखलाई सेवा दिएर विदा भयो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ ।

७० हजार  उडान साइकल  पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो ।

१६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।

बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो ।

उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो ।

आजको विदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

सेयर: 26
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ