Ad imageAd image

सहकारीको रकम हिनामिनामा निर्दोष छु, अनुसन्धान गर्नुहोस् : धनराज गुरुङ

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय छानबिनका लागि तयार बताएका हुन् ।

उनले  भने, ‘विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । म निर्दोष छु, जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ,’ उनले आफूलाई भूतपूर्व श्रीमती ज्योति गुरुङसँग जोड्नु स्वाभाविक नभएको उनले बताएका छन् ।

नेल्सन मन्डेलाको सन्दर्भ जोड्दै उनले भने, ‘सम्बन्धविच्छेद भइसकेपछि नैतिक, कानूनी र व्यावहारिक रूपमा पनि जोड्न मिल्दैन । नेल्सन मन्डेला र उनकी श्रीमती बिनी मन्डेलाका बीचमा पनि सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भएपछि पनि बिनीका केही मुद्दाहरू आए । तर, नेल्सन मन्डेलालाई त्यसबारे प्रश्न गरिएन बरु यो भनियो कि वैवाहिक सम्बन्ध कायम छँदा पनि एउटाको अपराध अर्कोलाई बोकाउनु नैतिक कानूनले मान्दैन, सम्बन्धविच्छेद भएपछि त झन् मिल्दै–मिल्दैन ।’

- Advertisement -
Ad imageAd image

उनले सहकारीको रकम हिनामिनाबारे आफूविरुद्ध प्रश्न उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीलाई ज्योति गुरुङसँग भएको २०७६ फागुन २९ को सम्बन्धविच्छेद नक्कली भएको प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।

‘सम्बन्धविच्छेद भएपनि १० वर्षे बालक हुर्काउनुको पीडा म आफैंसँग छ । सम्बन्धविच्छेद भएपछि भूतपूर्व श्रीमतीबारे जानकारी हुने कुरै भएन,’ उनले भने ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
89%
1 km/h
मंगल
26 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ