कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

ललितपुर: नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गर्नुभएको छ ।

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो ।

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गर्नुभयो । “आफ्नो मान्छे परे गठबन्धन ठीक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो । कोशीमा कांग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गर्नुभयो ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उहाँको माग थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
60%
4 km/h
शुक्र
20 °C
शनि
30 °C
आइत
27 °C
सोम
28 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ