काठमाडौं । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गर्नुभएको छ ।
आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै उहाँले, प्रशासन विभाग र महानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गर्नुभएको हो ।
करार सेवामा नगर प्रहरी जवान नियुक्तिका लागि गएको असार, ९२०८०० २० गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको हो ।
यस समूहमा ४४ जना छन् । आवेदक माग गर्दा निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि पनि मागिएको थियो ।