Ad imageAd image

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घर परिवारका २७३ शौचालय निर्माण

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

पश्चिम रुकुम । पश्चिम रुकुममा आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको सहयोगमा भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घर परिवारका २७३ शौचालय निर्माण गरिएको छ ।

अक्सफाम नेपालको सहयोग र बी ग्रुप बाँकेको आयोजनामा सानीभेरी गाउँपालिकामा १४३ वटा र आठाबिसकोट नगरपालिकामा १३० वटा शौचालय निर्माण गरिएको बी ग्रुप बाँकेका परियोजना संयोजक रामराज कठायतले जानकारी दिनुभयो ।

भूकम्प प्रभावितका पक्की शौचालय निर्माणका लागि दुई वटा पालिकामा जम्मा एक करोड १८ लाख ६५ हजार २४९ रुपैया विनियोजन गरिएको संयोजक कठायतले बताउनुभयो । भूकम्पबाट बढी प्रभावित भएका आठबिसकोट नगरपालिकाका वडा नम्वर १३, १४ र सानीभेरी गाउँपालिकाका वडा नम्वर १ र ४ गरी जम्मा ४ वटा वडामा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

- Advertisement -
Ad imageAd image

शौचालय निर्माणका लागि आठबिसकोट नगरपालिका वडा नम्वर १३ मा ६५ वटा, १४ मा ६५ वटा, सानीभेरी गाउँपालिका वडा नम्वर १ मा ७९ वटा र वडा नम्वर ४ मा ६४ वटा शौचालय निर्माण गरिएको हो । प्रति शौचालय निर्माणका लागि ४३ हजार ४६२ विनियोजन गरिएको टेक्निकल अफिसर शर्मिला ओलीले जानकारी दिनुभयो ।

बी ग्रुप बाँकेले शौचालय निर्माणका लागि छनौट भएका ६ कक्षा देखि १० सम्मका १२० विद्यार्थीहरुलाई स्वास्थ्य सरसफाई तथा फोहोर व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ । यसका साथै सानीभेरी गाउँपालिकाका ४९ जना र आठबिसकोट नगरपालिकाकाका ६८ जना १ हजार दिनका आमाहरुलाई फोहोर व्यवस्थापन सम्बन्धिको सचेतना दिइएको छ ।

यसअघि बी ग्रुपले पहिलो चरणमा सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र आठबिसकोट नगरपालिकामा गरी जम्मा ७० वटा अस्थायी शौचालय पनि बितरण गरेको थियो भने भूकम्प प्रभावित र मृतकका परिवारलाई एक सय थान फोल्डिङ खाट र फाईबर सिरक पनि प्रदान गरिएको संयोजक कठायतले बताउनुभयो ।

निर्माण गरिएका शौचालयहरुको अनुगमन समेत गरिएको छ । शनिबार सानीभेरी गाउँपालिका वडा नम्वर १ र ४ मा निर्माण गरिएका शौचालयहरुको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, गाउँपालिका कर्मचारी मानबिर ओली, रमेश खड्का, परियोजना संयोजक रामराज कठायत, टेक्निकल अफिसर शर्मिला ओली, पत्रकार लगाएतको टोलिले अनुगमन गरेको हो ।

आइतबार आठबिसकोट नगरपालिका प्रमुख रबि केसी लगाएतको टिम, परियोजना संयोजक रामराज कठायत र टेक्निकल अफिरस शर्मिला ओलीले आठबिसकोट नगरपालिका १३ र १४ का शौचालयको अनुगमन गर्नुभएको छ ।

आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले बि ग्रुप द्वारा बनाइएका शैचालयहरु हेर्दा अत्यत्तै खुसी भएको बताउनुभयो । प्रमुख केसीले पूर्वाधार विकासमा नगरपालिकालाई सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

त्यस्तै अनुगमनका क्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्पले पिडामा परेका पालिकावासीलाई बि ग्रुपले पक्की शौचालय बनाइदिएर ठुलो सहयोग गरेका बताउनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
thunderstorm
19° _ 19°
100%
2 km/h
मंगल
25 °C
बुध
27 °C
बिहि
23 °C
शुक्र
20 °C
शनि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ