श्रीमानले कोदालो प्रहारगरि श्रीमतीको हत्या

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

सिन्धुली : सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आज बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
overcast clouds
14° _ 14°
74%
4 km/h
सोम
14 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
18 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ