प्रधानमन्त्री ओली थाइल्याण्ड आउँदै, द्विपक्षीय भेटघाटको गृहकार्य

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, १७ साउन

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा आउँदैछन् । थाइल्यान्डको बैंककमा ४ सेप्टेम्बरमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आउन थालेको थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जानकारी दिए ।

‘बिम्स्टेक छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यूको सहभागिताका लागि तयारी भइरहेको छ,’ राजदूत वलीले भने, ‘भ्रमणका बेला द्विपक्षीय भेटघाट गर्न गृहकार्य भइरहेको छ । अहिले टुंगिसकेको छैन ।’ बिम्स्टेक शिखर सम्मेलन सहभागिताका साथै थाइल्याण्ड भ्रमणलाई द्विपक्षीय बनाउन गृहकार्य भइरहेको र थाइल्यान्ड सरकार सकारात्मक रहेको उनले बताए ।

‘लामो समयपछि राष्ट्र प्रमुखको भ्रमण हुँदैछ । यसलाई द्विपक्षीय बनाउन कुटनीतिक तहमा सम्वाद भइरहेको छ । छिट्टै भ्रमणको खाका तय हुनेछ,’ उनले भने । उनकाअनुसार बिम्स्टेक सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री ओलीको द्विपक्षीय भ्रमण सुरु गर्नेगरी काठमाडौंबाट परराष्ट्र मन्त्रालय र बैंककस्थित दूतावासले थाइ सरकारसँग समन्वय गरिरहेको छ ।

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलनमा सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसहित सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने तयारी पनि भइरहेको छ ।

सेयर: 20
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ