अब भैरहवाबाट सिधै जहाज चढेर थाइल्याण्ड आउन पाइने

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, १७ साउन

अब थाइल्याण्ड भ्रमणका लागि काठमाडौं नै जानुपर्ने बाध्यता हटेको छ । नेपालको पश्चिमी सहर भैरहवामा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंककमा उडान हुने भएको छ ।

बैंकको थाई एयर एशियाले हप्तामा चार दिन भैरहवाबाट बैंकक तथा बैंककबाट भैरहवा उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन प्राधिकरणले बैंकक–भैरहवा उडान गर्न अनुमति दिएको पर्यटनमन्त्री बद्री पाण्डेले जानकारी दिए ।

‘थाई एयरले काठमाडौं र भैरहवामा उडान अनुमतिका लागि आवेदन दिएको थियो,’ मन्त्री पाण्डेले भने, ‘सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिने निर्णयमा पुगेका छौं । यसले विमानस्थलको प्रयोग र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ ।’

हाल नेपाल एयरलाइन्स, थाई एयरलाइन्स र थाइ लाइनले काठमाडौं-बैंकक उडान भर्दै आएका छन् ।

सेयर: 19
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ