रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, २६ माघ : नेपालमा पहिलोपटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा मायाको पहिचान नेपालले अप्रिल २० र २१ तारिखका दिन सम्मेलन आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधानसभाका सदस्य सुनिलबाबु पन्तका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, होटल व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय, सञ्चारकर्मी तथा सेलिब्रेटीलाई आमन्त्रण गरिनेछ ।

कार्यकारी निर्देशक पन्तले नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा यो समुदायको आर्थिक उन्नतिमा सहयोग गर्न र रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि पनि यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण ‘सेगमेन्ट’ भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको प्रचार–प्रसारका लागि ‘स्टार प्रमोटर’का रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी तथा ब्लगर लेक्स लिम्बूलाई घोषणा गरिएको आयोजकले जनाएको छ । सम्मेलनको ‘हस्पिटालिटी’ साझेदारका रूपमा अलफ्ट होटल रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
68%
1 km/h
शुक्र
27 °C
शनि
27 °C
आइत
27 °C
सोम
22 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ